अब्बल प्रदर्शनसँगै बलियो बन्दै अमेरिका, ओमानलाई ९ रनले हरायो
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा अमेरिका विजयी भएको छ । अमेरिकाले घरेलु मैदानमा मंगलबार राति खेलिएको खेलमा ओमानमाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
अमेरिका लिग–२ तालिकाको पहिलो स्थानमा आसीन छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको ओमानले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनमात्र बनायो ।
पहिले ब्याटिङ गरेको अमेरिकाका लागि साइतेजा मुकम्मलले सर्वाधिक ७३ रन बनाए । उनले ७९ रन बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । ओपनर स्मित पटेलले ४१ रन बनाए । संजय कृष्णमुर्तीले पनि टोलीको खातामा अविजित ४० रन थपे ।
ओपनर सयान जहांगिरले ३७, हरमित सिंहले ३३ र कप्तान मोनांक पटेलले २६ रन जोडे । ओमानका बलर सुफयान मेहमुदले तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको ओमानका लागि सुफयान मेहमुदले ७२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
उनले केवल ५१ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे । हमाद मिर्जाले पनि टोलीको खातामा ५० रन थपे । उनले ५२ बलमा सात चौका प्रहार गरे । कप्तानसमेत रहेको ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले पनि ४२ रन बटुले ।
विनायक शुक्लाले टोलीको खातामा ४६ रन थपे । अमेरिकाका बलर जसदीप सिंह र हरमित सिंहले तीन–तीन विकेट लिए । जारी लिग–२ प्रतियोगितामा अमेरिकाले एकपछि अर्को अब्बल प्रदर्शन गर्दै आएको छ ।
२० खेलबाट २८ अंक बटुलेको अमेरिका तालिकाको पहिलो स्थानमा आसीन छ । अमेरिकाले १४ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । २० खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । तेस्रो स्थानमा आसीन ओमानले २० खेलबाट २४ अंक बटुलेको छ ।
यसैगरी, १६ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड चौथो, २० खेलबाट २० अंक हात पारेको क्यानडा पाँचौँ, २० खेलबाट १४ अंक हात पारेको नामिबिया छैटौँ, १६ खेलबाट ६ अंक हात पारेको यूएई सातौँ र १२ खेलबाट ६ अंक बटुलेको नेपाल आठौँ स्थानमा आसीन छन् ।
सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण