उपत्यकाका इन्चार्जहरूलाई एआईजीको ब्रिफिङ, ‘संयमता अपनाउनुस्’
सारांश
- गणतन्त्र दिवसको अवसरमा पूर्व राजाको पक्षमा प्रदर्शनको तयारी हुँदैछ, जसलाई राप्रपाले नेतृत्व गर्दैछ।
- प्रहरीले प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न युनिट इन्चार्जहरूलाई निर्देशन दिएको छ, जसमा संयमता अपनाउन भनिएको छ।
- एआईजी टेकबहादुर तामाङले भीआईपी र भीभीआईपीको निवास तथा कार्यालयको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
जेठ १५ को सुरक्षा तयारी
काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषण भएको १७ वर्ष पुरा हुँदै गर्दा गणतन्त्रको विरोधी समूहले बिहीबार उपत्यकामा प्रदर्शन गर्दैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समूहले जेठ १५ मा उपत्यकामा पूर्वराजाको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । सत्ताको नेतृत्व गरेको पार्टी नेकपा (एमाले)ले पनि भोली नै उपत्यकामा प्रदर्शन गर्दैछ ।
प्रदर्शनअघि उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले काठमाडौँ उपत्यकामा कार्यरत युनिट इन्चार्जहरूलाई ब्रिफिङ गरेका छन् । बुधबार बिहान भृकुटीमण्डप स्थित पुलिस क्लबमा काठमाडौँ र ललितपुरका एसएसपी तथा भक्तपुरका एसपी सहितका अधिकृतहरूलाई तामाङले ब्रिफिङ गरेका हुन् । ब्रिफिङमा तीनवटा जिल्लाका १८ जना वृत्त इन्चार्ज र प्रभागको नेतृत्व गर्ने इन्स्पेक्टरहरू सहभागी थिए ।
एआईजी तामाङले इन्चार्जहरूलाई आफ्नो एरियामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ब्रिफिङमा सहभागी एक जना अधिकृतले एआईजीको भनाई उद्धृत गर्दै भने, ‘संयमता अपनाउनुस् ।’
प्रदर्शन गर्ने राजावादी समूहको सूचना सङ्कलन गर्न तामाङले मातहतलाई निर्देशन दिएका छन् । प्रदर्शनकारीको सम्भावित गतिविधिका सूचना सङ्कलनमा ध्यान दिन उनले निर्देशन दिएका हुन् । भिड नियन्त्रण गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिन तामाङले निर्देशन दिएका छन् । उनने भने– ‘शान्ति सुरक्षा राम्रो गर्दै गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिनुस् ।’
प्रदर्शनको समयमा भीआइपी र भीभीआईजीको निवास, कार्यालय र महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा दुरुस्त राख्न उनले मातहतका युनिटहरूलाई निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘हामीले भीआइपी, भीभीआईजी र मुख्य प्रतिष्ठानहरूको सुरक्षा दुरुस्त राख्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण