शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
जेठ १५ को सुरक्षा तयारी

उपत्यकाका इन्चार्जहरूलाई एआईजीको ब्रिफिङ, ‘संयमता अपनाउनुस्’

प्रदर्शन गर्नेहरूको सूचना सङ्कलन गर्न निर्देशन
बुधबार, १४ जेठ २०८२, ११ : ३७
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • गणतन्त्र दिवसको अवसरमा पूर्व राजाको पक्षमा प्रदर्शनको तयारी हुँदैछ, जसलाई राप्रपाले नेतृत्व गर्दैछ।
  • प्रहरीले प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न युनिट इन्चार्जहरूलाई निर्देशन दिएको छ, जसमा संयमता अपनाउन भनिएको छ।
  • एआईजी टेकबहादुर तामाङले भीआईपी र भीभीआईपीको निवास तथा कार्यालयको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

जेठ १५ को सुरक्षा तयारी

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषण भएको १७ वर्ष पुरा हुँदै गर्दा गणतन्त्रको विरोधी समूहले बिहीबार उपत्यकामा प्रदर्शन गर्दैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समूहले जेठ १५ मा उपत्यकामा पूर्वराजाको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । सत्ताको नेतृत्व गरेको पार्टी नेकपा (एमाले)ले पनि भोली नै उपत्यकामा प्रदर्शन गर्दैछ ।

प्रदर्शनअघि उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले काठमाडौँ उपत्यकामा कार्यरत युनिट इन्चार्जहरूलाई ब्रिफिङ गरेका छन् । बुधबार बिहान भृकुटीमण्डप स्थित पुलिस क्लबमा काठमाडौँ र ललितपुरका एसएसपी तथा भक्तपुरका एसपी सहितका अधिकृतहरूलाई तामाङले ब्रिफिङ गरेका हुन् । ब्रिफिङमा तीनवटा जिल्लाका १८ जना वृत्त इन्चार्ज र  प्रभागको नेतृत्व गर्ने इन्स्पेक्टरहरू सहभागी थिए ।

एआईजी तामाङले इन्चार्जहरूलाई आफ्नो एरियामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ब्रिफिङमा सहभागी एक जना अधिकृतले एआईजीको भनाई उद्धृत गर्दै भने, ‘संयमता अपनाउनुस् ।’

प्रदर्शन गर्ने राजावादी समूहको सूचना सङ्कलन गर्न तामाङले मातहतलाई निर्देशन दिएका छन् । प्रदर्शनकारीको सम्भावित गतिविधिका सूचना सङ्कलनमा ध्यान दिन उनले निर्देशन दिएका हुन् । भिड नियन्त्रण गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिन तामाङले निर्देशन दिएका छन् । उनने भने– ‘शान्ति सुरक्षा राम्रो गर्दै गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिनुस् ।’

प्रदर्शनको समयमा भीआइपी र भीभीआईजीको निवास, कार्यालय र महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा दुरुस्त राख्न उनले मातहतका युनिटहरूलाई निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘हामीले भीआइपी, भीभीआईजी र मुख्य प्रतिष्ठानहरूको सुरक्षा दुरुस्त राख्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप