लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
बुधबार, १४ जेठ २०८२, १४ : ५६

समाचार सारांश
- लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङ पदमुक्त भएकी छिन्।
- जनमत पार्टीबाट सांसद रहेकी गुरुङले राजीनामा दिएकी थिइन्, श्रीमानले सामाजिक सञ्जालमा जानकारी गराएका थिए।
- प्रदेश सभाका सचिवले उनको अनुपस्थिति र पदमुक्तिको जानकारी दिए।
बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् ।
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुनले गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता