डिडिसीका कर्मचारीले लिँदै आएको सेवा सुविधा कटौती
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतका कर्मचारीहरूले लिँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुविधा बुधबारदेखि कटौती गरेको छ ।
दुग्ध किसानहरूलाई दिनु पर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नु पर्ने अवस्था लगायतका कारण यो सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
अन्य सार्वजनिक संस्थानहरुमा पनि संस्था घाटा नोक्सानीमा गएका वेला सुविधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध जन्य पदार्थ बिक्री गरी आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुविधा कटौती जरुरी रहेको ठहर गरेको छ ।
यस अघि मन्त्रालयले संस्थान व्यवस्थापन समक्ष खाई पाई आएको सेवा सुविधाको जानकारी मागेको थियो । आजै मन्त्रालयले संस्थानको महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण