आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब १५ करोड बजेट

बिहीबार, १५ जेठ २०८२, १६ : २०
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिए ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने अर्थमन्त्रीले बताएका छन् । उनले पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाइने घोषणा गरेको छ ।

गौतमवुद्ध विमानस्थललाई भने पर्यटक र श्रमिकहरूका लागि किफायती हुने गरी सञ्चालन गरिने भएको छ । यी विमानस्थलबाट कार्गो सेवा सञ्चालनमा विशेष छुट समेत राज्यले दिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप