शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

६ वर्षीया छोरी बेचेको आरोपमा आमालाई आजीवन कारावास

बिहीबार, १५ जेठ २०८२, २१ : २७
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • दक्षिण अफ्रिकामा एक बालिका अपहरण तथा बेचबिखन मुद्दामा संलग्न महिला र उनका दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइयो।
  • बालिकाकी आमा र उनका दुई सहयोगीलाई जोशलिन स्मिथको अपहरण र मानव बेचबिखनको आरोपमा दोषी ठहर गरिएको हो।
  • हराइरहेकी छ वर्षीया बालिका फेला परेकी छैनन्, घटना केप टाउन नजिकैको साल्दान्हा खाडीमा भएको थियो।

केप टाउन । छ वर्षीया बालिकाको अपहरण र मानव बेचबिखनको आरोपमा दक्षिण अफ्रिकी एक महिला र उनका दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

सजाय पाउनेहरूमा ती बालिकाकी आमा, राकेल केली स्मिथ पनि पर्छिन्। केप टाउन नजिकैको साल्दान्हा खाडीमा रहेको जोशलिन स्मिथ आफ्नो घर बाहिरबाट रहस्यमय रूपमा बेपत्ता भएको एक वर्षभन्दा बढी समयपछि रैकेल स्मिथ, उनकी प्रेमी ज्याकलिन अपोलिस र उनकी साथी स्टीभेना भ्यान रिनलाई सजाय सुनाइएको हो।

फेब्रुअरी २०२४ मा बेपत्ता भएकी जोशलिन स्मिथ धेरै प्रचार र अनुसन्धानका बाबजुद पनि फेला पर्न सकेकी छैनन्। दक्षिण अफ्रिकामा ८ हप्ताको सुनुवाइ तीनै जनालाई सजाय सुनाइएको थियो। यसमा साक्षी र अभियोजकहरूले धेरै चकित पार्ने आरोप लगाएका थिए। सजाय सुनाउँदा, न्यायाधीश नाथन इरास्मसले तीन जना बिच ‘कुनै भेदभाव नगरेको’ स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप