‘एक्टिङ स्टार’ को प्रसारण सुरु
सारांश
- अभिनयमा आधारित रियालिटी शो 'एक्टिङ स्टार' एपी वान टेलिभिजन र ओएसआर रियालिटीमा प्रसारण सुरु भएको छ।
- शोको निर्णायकमा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेका छन् भने यसमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म प्रतियोगी छन्।
- 'एक्टिङ स्टार'का विजेताले नगद पुरस्कार र फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन्, कार्यक्रमको डिजिटल अधिकार ओएस आर डिजिटलले लिएको छ।
काठमाडौँ । अभिनयमा आधारित रियालिटी शो ‘एक्टिङ स्टार’को प्रसारण सुरु भएको छ । शो बिहीबारदेखि एपी वान टेलिभिजन र ओएसआर रियालिटीमा एकसाथ प्रसारणमा आएको हो ।
केही महिनाअघि नै डिजिटल अडिसन आह्वान गरेर प्रतिस्पर्धीको खोजी गरिएको ‘एक्टिङ स्टार’ अबदेखि बिहीबार राती ९ बजे नियमित प्रसारणमा आउनेछ ।
प्रि–जज अडिसन सम्पन्न गरि फिजिकल अडिसन समेत सकिसकेको शोको निर्णायक टिममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेका छन् ।
महक मिडिया नेटवर्कले निर्माण रहेको शोमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म प्रतियोगीको रूपमा देखिनेछन् ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले निर्माण गरिएको शो का निर्देशक विशाल भण्डारी हुन् । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि रुचाउने निर्माण पक्षको विश्वास रहेको छ ।
‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’ का विजेताले नगद पुरस्कार राशिसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् । कार्यक्रमको सञ्चालन श्रीजल रुपाखेतीले गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण