सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट ६६ वर्षीय पुरुषको मृत्यु

शनिबार, १७ जेठ २०८२, १४ : २८
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु भएको छ। मृतक कञ्चनरूप नगरपालिकाका ६६ वर्षीय दशरथ विष्ट हुन्।
  • घटना धरमपुर टोलमा भयो, जहाँ किसान मकैबारीमा बँदेलबाट बाली जोगाउन गएका थिए।
  • स्थानीयका अनुसार, हात्तीले विष्टलाई खेतमा आक्रमण गरेको थियो, र उनको शरीरमा हात्तीको दाँत गाडिएको थियो।

सप्तरी । सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए । बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए ।

‘राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यतिबेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवा नजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ’, मगरले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप