राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

समाचार सारांश
- दैलेख प्रहरीले सुर्खेतमा राउटे युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दैलेखका टोपेन्द्र शाही रहेका छन्, उनलाई कर्णाली राजमार्गबाट पक्राउ गरिएको हो।
- सामाजिक सञ्जालमा राउटे युवतीहरूमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
सुर्खेत । फिरन्ते राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा दैलेख प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिकाका—३, का २८ वर्षीय टोपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक गणेश बरालले रातोपाटीलाई बताए ।
शाहीलाई कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट पक्राउ गरिएको उनको भनाइ छ । ‘हामीले सुर्खेत प्रहरीको अनुरोधमा पक्राउ गरेको हो,’ उनले भने, ‘हामीले सुर्खेत पठाइदिएका छौँ, बाटोमै छ ।’
घटना पनि सुर्खेतकै हो । चार जना राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो ।
लगत्तै प्रहरीले उनीहरूको खोजी कार्य थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
‘भिडियोमा दुर्व्यवहार नै गरेको देखिन्छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते