च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
सारांश
- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्टर मिलानलाई ५-० गोलले हराएर च्याम्पियन्स लिगको उपाधि जितेको छ, जुन टोलीको पहिलो उपाधि हो।
- युवा खेलाडी डिसायर डुएले उत्कृष्ट प्रदर्शन गरे, गोल गरे र असिस्ट पनि गरे। उनले च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने तेस्रो किशोर खेलाडीको कीर्तिमान बनाए।
- इन्टर मिलानका लागि यो खेल निराशाजनक रह्यो, प्रशिक्षक सिमोने इन्जागीको भविष्य अनिश्चित बनेको छ र टोलीमा नयाँ युगको सुरुवात हुने सम्भावना छ।
म्युनिख । इन्टर मिलानलाई हराउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पिन्यस लिगको उपाधि जितेको छ । टोलीले यो उपाधि जितेको पहिलो अवसर हो ।
शनिबार एलियान्ज एरिनामा भएको खेलमा पीएसजीसामु इटालियन क्लब निरीह देखियो । एक पक्षीय खेलमा पीएसजी ५–० गोलले विजयी बन्यो ।
युवा खेलाडी डिसायर डुएको पासमा खेलको १२ औँ मिनेटमा नै अचरफ हाकिमीले पीएसजीलाई अग्रता दिलाए । २० औँ मिनेटमा डुएले ओसमान डेम्बेलेको पासमा टोलीको अग्रता दोब्बर बनाए ।
१९ वर्ष ३६२ दिनको उमेरमा डुएले निकै संयमित फिनिसिङ गर्दै च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने तेस्रो किशोर खेलाडी बन्न सफल भए। यसअघि सन् १९९५ मा आयाक्सका लागि प्याट्रिक क्लाइभर्ट र सन् २००४ मा पोर्टोका लागि कार्लोस अल्बेर्टोले यो कीर्तिमान बनाएका थिए।
दोस्रो हाफको ६३ औँ मिनेटमा भिटिन्हाले डुएका लागि अर्को गोलको अवसर सिर्जना गरे । ७३ औँ मिनेटमा डेम्बेलेको पासमा ख्भीचा क्भाराटस्खेलियाले चौथो गोल गरे । खल सकिन ४ मिनेट बाँकी छँदा सेनी मायुलुले गोल गर्दै पीएजसीलाई शानदार जित दिलाए ।
लुइस एनरिक, जसले सन् २०१५ मा बार्सिलोनासँग च्याम्पियन्स लिग जितेका थिए, अब यो प्रतियोगिता दुई फरक क्लबसँग जित्ने छैटौँ प्रशिक्षक बनेका छन्।
पीएसजीले च्याम्पियन्स लिगको इतिहासमै एक उत्कृष्ट प्रदर्शन गरेको यो रात, प्रतियोगिताले साँच्चिकै योग्य विजेता पाएको छ। यस सिजनमा पीएसजीले क्रमशः प्रिमियर लिगका दिग्गजहरूलाई हराउँदै अघि बढेको थियो — म्यानचेस्टर सिटीलाई पराजित गरेपछि लिभरपुल र एस्टन भिला र आर्सनललाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो।
इन्टर मिलानका खेलाडी र समर्थकहरूका लागि यो रात पीडादायी रह्यो। प्रतियोगिताको सबैभन्दा बुढो टोली पीएसजीको युवा गतिशीलतालाई सम्हाल्नै नसक्ने अवस्थामा पुगे। प्रशिक्षक सिमोने इन्जागीको भविष्य अब अन्योलमा देखिएको छ भने टोलीका धेरै खेलाडीहरू उमेरको उत्तरार्धमा रहेकाले यो हारले इन्टरमा नयाँ युगको सुरुवात हुने प्रबल सम्भावना देखिन्छ।
फाइनल खेलको सुरुवातदेखि नै पीएसजीले इन्टरलाई दवावमा राख्यो। इन्जागीको टोलीले खेल सम्हाल्नै सकेन। इन्टरका प्रमुख स्ट्राइकर लाउटारो मार्टिनेजले कुनै पनि खतरा उत्पन्न गर्न सकेनन्।
सन् २०२३ मा इस्तानबुलमा म्यानचेस्टर सिटीसँगको हारमा केही दुर्भाग्य थियो भने यो पटक उनीहरू पूर्णरूपमा पराजित भए — अपमानजनक ढंगमा।
यो खेल अनुभव र युवाको भिडन्त जस्तो देखियो — इन्टर मिलान म्युनिखको मैदानमा बिस्तारै थाक्दै गयो, जबकि पीएसजीको युवा टोलीले उनीहरूलाई मैदानमै ध्वस्त पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण