भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
सारांश
- भक्तपुरको शङ्कर नेशनल स्कुलले वार्षिकोत्सवको अवसरमा दीक्षान्त समारोह मनाएकाे छ।
- कार्यक्रममा युकेजीबाट कक्षा १ मा जाने ५० विद्यार्थी दीक्षित भए, प्रिन्सिपल शरण चौँलागाईले गुणस्तरीय शिक्षाको महत्त्वबारे चर्चा गरे।
- व्यवस्थापक मीनकुमार श्रेष्ठले विद्यालयको गुणस्तरीय शिक्षा र अनुशासनको बारेमा प्रकाश पारे, कार्यक्रममा विद्यार्थीहरूले विभिन्न कला प्रस्तुत गरे।
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका– ४ दधिकोटमा अवस्थित शङ्कर नेशनल स्कुलले दीक्षान्त समारोह मनाएको छ। बिहीबार सो विद्यालयले ४५ औँ वार्षिकोत्सव मनाउने क्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मको अभिभावक दिवस पनि मनाएको हो ।
कार्यक्रममा कक्षा युकेजीबाट कक्षा १ मा जाने ५० जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा प्रिन्सिपल शरण चौँलागाईले विद्यालयले गुणस्तरीय शिक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले विद्यालयले संस्कारयुक्त शिक्षा र व्यवहारिक शिक्षालाई जोड दिएको समेत बताए । उनले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहयोगका कारण विद्यालयले प्रगति गरिरहेको बताए।

कार्यक्रममा व्यवस्थापक मीनकुमार श्रेष्ठले आफ्नो विद्यालयले न्यून शुल्कमा राजर्षि गुरुकुल र काठमाडौँ वर्ल्ड स्कुल सरहको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । उनले अहिले विद्यालयमा थप भौतिक संरचनाहरूको निर्माण पनि भइरहेको जानकारी दिँदै अनुशासनमा नबस्ने विद्यार्थीहरूलाई तत्काल कारबाही गर्न पनि विद्यालय प्रशासनलाई निर्देशन दिने गरेको जानकारी दिए ।

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य, फेसन सो, गायन, नाटक लगायत कला प्रस्तुत गरेका थिए। कार्यक्रम इम्पेरियल बैङ्क्वैटमा आयोजना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण