दीपशिखाको आग्रह- नारायणहिटीका भूतलाई लखेट्न एकजुट हौँ
सारांश
- वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले राजावादीलाई लखेट्न युवाहरूलाई एकजुट हुन आह्वान गरे।
- काठमाडौंमा आयोजित वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
- उनले पार्टीको नेतृत्व लिने गरी तयारी गर्न र २०६४ सालको जस्तो संगठन बनाउनुपर्ने बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा‘दीपशिखा’ले राजावादीहरूलाई लखेट्न जनयुद्ध लडेका सम्पूर्ण युवाहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।
आइतबारबाट प्रज्ञा भवन काठमाडौँमा सुरु भएको वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै दीपशिखाले माओवादी घटकका सबै युवाहरूलाई आग्रह गरेका हुन् ।
‘नारायणहिटीमा बसेको भूतलाई नागर्जुनमा पठाएका थियौँ । तिनीहरू आजभोलि मात्तिन थालेका छन् । त्यसलाई लखेट्न फेरि हामी एकजुट हुनुपर्नेछ । हामी जहाँ जहाँ भए पनि उद्देश्य एउटै हो । ती सबै साथीहरूलाई एक ठाउँमा ल्याउन तेस्रो राष्ट्रिय सम्मेलन सफल होस्’, उनले भने ।
माओवादीको सहायक सङ्गठन भएको हुनाले सङ्गठनको नेतृत्व कसले गर्नेभन्दा पनि पार्टीको नेतृत्व गर्ने गरी तयारी रहन उनले आग्रह गरे । कार्यक्रममा उनले २०६४ को जस्तो सङ्गठन र अहिलेको एआईको जस्तो चेतना भएको सङ्गठन चाहिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण