निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना
सारांश
- निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विरोध जनाएका हुन्।
- कर्मचारीहरूले सेवा अवधि ५ वर्षमै एक तह वृद्धि हुनुपर्ने, समायोजनमा छनौटको अवसर र अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने माग राखेका छन्।
- स्थानीय र प्रदेशका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने लगायतका मागहरु पनि उनीहरुको रहेको छ।
काठमाडौँ । निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।
उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन् ।
त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग उनीहरूको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण