बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

सोमबार, १९ जेठ २०८२, १२ : ०९
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विरोध जनाएका हुन्।
  • कर्मचारीहरूले सेवा अवधि ५ वर्षमै एक तह वृद्धि हुनुपर्ने, समायोजनमा छनौटको अवसर र अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने माग राखेका छन्।
  • स्थानीय र प्रदेशका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने लगायतका मागहरु पनि उनीहरुको रहेको छ।

काठमाडौँ । निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।

उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै स्थानीय  र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग उनीहरूको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप