बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

पठाओ र इनड्राइभका १०२ जना चालक ट्राफिकको कारबाहीमा

सोमबार, १९ जेठ २०८२, १५ : ५२
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पठाओ र इनड्राइभका १०२ चालकलाई कारबाही गरेको छ।
  • यातायात बन्दको मौका छोपेर बढी भाडा लिने र बार्गेनिङ गर्ने चालकलाई कारबाही गरिएको हो।
  • ६ जनालाई बढी भाडा असुलेको आरोपमा र ९६ जनालाई अन्य शीर्षकमा कारबाही गरिएको छ।

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ । यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।

धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ । ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको एसपी गिरीले बताए । उनले भने, ‘अफलाइन बसेर बार्गेनिङ गर्ने लगायतका गतिविधिमा संलग्नहरू ९६ जनालाई कारबाही गरिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप