पठाओ र इनड्राइभका १०२ जना चालक ट्राफिकको कारबाहीमा
सोमबार, १९ जेठ २०८२, १५ : ५२
सारांश
- काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पठाओ र इनड्राइभका १०२ चालकलाई कारबाही गरेको छ।
- यातायात बन्दको मौका छोपेर बढी भाडा लिने र बार्गेनिङ गर्ने चालकलाई कारबाही गरिएको हो।
- ६ जनालाई बढी भाडा असुलेको आरोपमा र ९६ जनालाई अन्य शीर्षकमा कारबाही गरिएको छ।
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ । यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ । ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको एसपी गिरीले बताए । उनले भने, ‘अफलाइन बसेर बार्गेनिङ गर्ने लगायतका गतिविधिमा संलग्नहरू ९६ जनालाई कारबाही गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण