'जदौ'मा भित्रिइन् साम्राज्ञी

काठमाडौँ । नयाँ वर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित घोषणा गरिएको सामाजिक प्रेम कथानक फिल्म 'जदौ'को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन ।
भदौबाट सुटिङ सुरु गरिने जदौ श्याम तामाङले खिच्ने छन् । बुद्धि माझी निर्माण व्यवस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गीत छ ।
फिल्मको सह निर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ छन् । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने सम्मिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन् । फिल्म ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा