संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस गरिने
सारांश
- प्रतिनिधिसभाको बैठकमा 'संघीय निजामती सेवा विधेयक' सम्बन्धी प्रतिवेदन पेश हुने कार्यसूची तय भएको छ।
- विपक्षी दलहरूको अवरोधका कारण जेठ १४ गते पेश हुन नसकेको विधेयक अहिले पेश हुने तयारी छ।
- विधेयकमा अवकाश उमेर ६० वर्ष पुर्याउने र कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्थामा विवाद छ।
काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ । संघीय संसद सचिवालयले जारी गरेको दैनिक कार्यसूचीको दोस्रो नम्बरमा विधेयक पेस गर्ने कार्यसूची राखिएको छ ।
‘राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्नुहुने’ भन्ने कार्यसूचीमा राखिएको हो ।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । सभा नचलेपछि पछि विधेयक पेस गर्ने कार्यसूची संघीय संसद सचिवालयले परिवर्तन गरेको थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले विधेयक पारित गरेको थियो ।
विधेयक पेस गर्ने कार्यसूची रहेपनि विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट मिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनु पर्ने माग संसद् अवरोध गर्ने निर्णय गरेका छन् ।
विधेयकमा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको थियो । यी दुई विषयमा विवाद रहँदै आएको थियो ।
अहिले पनि निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन् । मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले हुल बाँधेरै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर सच्याउन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण