लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरूलाई लामो भाषण नगर्न सुझाव दिए।
- उनले अभियानलाई छोटो र छरितो बनाउन र जनताको कुरा सुन्न जोड दिए।
- प्रचण्डले जागरण अभियानमा भाषण धेरै भएको र यसले जनतालाई थकाउने बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो भाषण गरेर जनतालाई नथकाउन नेताहरूलाई सुझाव दिएका छन् ।
मंगलबारदेखि सुरु गरेको काठमाडौँ उपत्यका केन्द्रित नेवा र तामसालिङ जागरण अभियानको उद्घाटन समारोहलाई थानकोटमा सम्बोधन गर्दै उनले सभालाई छोटो र छरितो बनाउन सुझाव दिएका हुन् ।
‘यस अभियानमा भाषण धेरै भयोजस्तो लाग्यो मलाई । यसरी हुँदैन । मानिसलाई थकाएर, वाक्क बनाएर अभियान हुँदैन । पूर्व–पश्चिम जागरण अभियान सफल भएको एक÷दुई जनाले मात्र भाषण गरेर हो’, उनले भने, ‘फ्याट्ट गयो एउटा सांस्कृतिक कार्यक्रम गर्यो सकियो । भाषण गरेको छ, गरेको छ । यो भएन । आजको उद्घाटन कार्यक्रममा गरे पनि अब नगर्नुहोला । यो मेरो सुझाव भयो तपाईंलाई ।’
प्रचण्डले जनताको कुरा बढी सुन्ने आफ्ना कुरा कम भन्ने गरेमा मात्र अभियान सफल हुने बताए । केन्द्रीय समिति बैठकले पनि यस्तो अभियानको परिकल्पना नगरेको उनले बताए । कार्यक्रममा उनले भाषण गरेर जनतालाई नथकाउन बारम्बार आग्रह गरेका थिए । यद्यपि यसको अर्थ आफूले विरोध नगरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण