ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको ऊर्जा क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मङ्गलबार मन्त्री खड्कालाई भेटी ज्ञापन पत्र बुझाउन आएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को टोलीसँगको छलफलमा उनले सरकारले आगामी दिनमा ऊर्जा क्षेत्रका संरचनागत समस्या समाधान गर्न आवश्यक पहल गर्ने विश्वास दिलाएका हुन् ।
इप्पानले सरकारको हालैको बजेटमार्फत प्रस्ताव गरिएको ’टेक एण्ड पे’ नीतिप्रति असन्तुष्टि जनाउँदै त्यो नीतिले लगानीकर्ताको मनोबल कमजोर पार्ने र जलविद्युत् क्षेत्रमा ठुलो आर्थिक जोखिम निम्त्याउने बताएको थियो ।
सो सन्दर्भमा मन्त्री खड्काले भने, “सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य हासिल गर्न देशी तथा विदेशी लगानीकर्ताहरू उत्साहित छन्। यस्तो समयमा उत्पन्न समस्याले लगानी वातावरणमै प्रतिकूल असर पर्न सक्छ, त्यसकारण समाधानका लागि सरकार गम्भीर छ ।”
इप्पानले ‘टेक एण्ड पे’को सट्टा ‘टेक अर पे’ नीति अवलम्बन गर्न माग राखेको थियो, जसअनुसार आयोजना सञ्चालनकर्ताले उत्पादन गरेको विद्युत् सरकारले बारम्बार लिने वा त्यसको मूल्य तिर्ने व्यवस्था हुन्छ। मन्त्री खड्काले उक्त मागबारे अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक निर्णय लिने प्रतिबद्धता जनाए ।
“हामी सुख्खा याममा भारतबाट विद्युत् आयात गर्न नपरोस् भन्ने लक्ष्यका साथ लागिरहेका छौँ। यस्तो बेला बजेटमा यस्ता व्यवस्था आउँदा कार्यान्वयनमा समस्या पर्न सक्छ,” मन्त्री खड्काको भनाइ थियो।
भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले हालको नीतिले करिब ६६ अर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको भन्दै सरकारलाई समयमै हस्तक्षेप गर्न आग्रह गरे । “यदि यो नीति यथावत् रह्यो भने बैङ्क तथा वित्तीय संस्थाहरूको लगानी समेत प्रभावित हुनेछ,” उनले भने ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, सचिव सरिता दवाडीसहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्डको ६४ औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
कर्णालीको नीति तथा कार्यक्रम उँट बनेर आएको छ : नेता शर्मा
-
पतञ्जली जग्गा सट्टापट्टाबारे पूर्वमन्त्री सिंहको बयान : प्रधानमन्त्रीको निर्णयमा सहमत हुनुको विकल्प थिएन
-
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक डि विल्ड नियुक्त
-
संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल