विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउन निर्देशन दिए।
- विपद् व्यवस्थापन परिषद् बैठकमा मुख्यमन्त्रीले पूर्वसूचना प्रणाली सुदृढ बनाउने, जोखिमयुक्त क्षेत्रका नागरिकलाई स्थानान्तरण गर्ने बताए।
- बैठकमा मौसमविद्ले लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अत्यधिक वर्षाको सम्भावना औंल्याए, जसले विपद् प्रतिकार्य योजनामा जोड दिए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा मनसुनजन्य विपद्बाट बढी प्रभावित हुने अनुमान गरिएकोले आवश्यक सतर्कता र तयारी आवश्यक रहेको बताए।
उनले विपद्पछिको अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने, जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, नागरिकमा विपद्सम्बन्धी शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा खोज, उद्धार र राहत कार्यमा सुरक्षाकर्मी र स्वयंसेवकको सक्रिय परिचालन आवश्यक रहेको धारणा राखे।
मुख्यमन्त्री आचार्यले विशेषगरी विपद्पछिको पुनःस्थापन, खाद्यान्न आपूर्ति, शुद्ध खानेपानी तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायहरूबीच समन्वय र तत्परता आवश्यक रहेको उल्लेख गरे।
बैठकमा जल तथा मौसम विज्ञान कार्यालय, भैरहवाका वरिष्ठ मौसमविद् वरुण पौडेलले यस वर्ष लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको जनाउँदै त्यसअनुरूप प्रभावकारी विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण