आरसीबीको विजय उत्सवमा भागदौड, सात जनाको मृत्यु
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो पटक उपाधि जितेको खुसीयालीमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आयोजना गरेको विजय उत्सवमा भागदौड हुँदा बुधबार सात जनाको मृत्यु भएको छ ।
बेंगलुरुको एम.चिन्नास्वामी स्टेडियम बाहिर हजारौँ समर्थक भेला हुँदा भएको भागदौडमा सात जनाको जनाको मृत्यु र २४ जना घाइते भएका भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचार लेखेको छ ।
आरसीबी टोलीलाई सम्मान गर्नका लागि बेंगलुरु विधानसभा भवनमा कार्यक्रमको आयोजना गरिएको थियो । स्टेडियम बाहिर समर्थकहरूको भीड अत्यधिक बढेपछि अवस्था नियन्त्रण बाहिर गएर भगदौड मच्चिएको बताइएको छ।
प्रहरीले भीड नियन्त्रण गर्न हल्का लाठीचार्ज समेत गरेको थियो । घाइतेहरूमध्ये गम्भीर अवस्थाका केहीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
घटनाबारे राज्य सरकार र प्रहरी प्रशासनले छानबिन सुरू गरेको छ । १८ वर्षपछि मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण