शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

आरसीबीको विजय उत्सवमा भागदौड, सात जनाको मृत्यु

बुधबार, २१ जेठ २०८२, १९ : ३०
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो पटक उपाधि जितेको खुसीयालीमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आयोजना गरेको विजय उत्सवमा भागदौड हुँदा बुधबार सात जनाको मृत्यु भएको छ । 

बेंगलुरुको एम.चिन्नास्वामी स्टेडियम बाहिर हजारौँ समर्थक भेला हुँदा भएको भागदौडमा सात जनाको जनाको मृत्यु र २४ जना घाइते भएका भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचार लेखेको छ । 

आरसीबी टोलीलाई सम्मान गर्नका लागि बेंगलुरु विधानसभा भवनमा कार्यक्रमको आयोजना गरिएको थियो । स्टेडियम बाहिर समर्थकहरूको भीड अत्यधिक बढेपछि अवस्था नियन्त्रण बाहिर गएर भगदौड मच्चिएको बताइएको छ।

प्रहरीले भीड नियन्त्रण गर्न हल्का लाठीचार्ज समेत गरेको थियो । घाइतेहरूमध्ये गम्भीर अवस्थाका केहीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

घटनाबारे राज्य सरकार र प्रहरी प्रशासनले छानबिन सुरू गरेको छ । १८ वर्षपछि म‌ंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेकाे थियाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप