हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी

समाचार सारांश
- यस वर्ष १५ लाखभन्दा बढी विदेशीहरू हजको लागि साउदी अरेबिया पुगेका छन्।
- अराफातमा तीर्थयात्रीहरूको भीड थियो, ४० डिग्री तापक्रममा पैदल यात्रा र वृद्धवृद्धाहरूलाई सहयोग गरिएको थियो।
- अराफात पर्वत मक्काको दक्षिण–पूर्वमा रहेको पहाड हो, जसलाई इस्लाममा पवित्र मानिन्छ र यस दिनलाई पवित्र मानिन्छ।
जेद्दाह । यस वर्ष हजको लागि १५ लाखभन्दा बढी विदेशी साउदी अरेबिया आइपुगेका छन् । हज मन्त्रालयका प्रवक्ता गासन अल–नुवाइमीले बुधबार आउने विदेशीहरूको अनुमानित सङ्ख्या बताएका हुन् ।
हजमा साउदी अरबबाट कति तीर्थयात्रीहरू सहभागी हुँदैछन् भन्ने कुराचाहिँ उनले भनेनन् । गएको वर्ष भने १६ लाख ११ हजार ३१० विदेशी हज यात्राको लागि साउदी आएका थिए ।
शारीरिक र आर्थिक रूपमा सक्षम व्यक्तिहरूले आफ्नो जीवनमा एकपटक हज यात्रा गर्नैपर्छ । हज मन्त्रालयका अनुसार बुधबार अराफातमा तीर्थ यात्रीहरूको भीड थियो ।
केही मानिसहरू ४० डिग्री तापक्रममा आफ्नो सामान बोकेर पैदल यात्रा गरिरहेका थिए । यसबाहेक केही मानिसहरू वृद्ध वृद्धाहरूलाई सहयोग पनि गरिरहेका थिए ।
केही मानिसहरू थकानका कारण जमिनमा बसिरहेका थिए । कोही आराम गरिरहेको र कोही खाना खाइरहेका हज मन्त्रालयका प्रवक्ता अल–नुवाइमीले भने ।
अराफात पर्वत मक्काको दक्षिण–पूर्वमा रहेको पहाड हो । यसलाई इस्लाममा धेरै पवित्र मानिन्छ । कुरानमा अराफातको उल्लेख छ । पैगम्बर मुहम्मदले आफ्नो अन्तिम हजको समयमा यहीँ आफ्नो अन्तिम उपदेश दिएका थिए ।
इस्लामिक मान्यता अनुसार अराफातको दिन वर्षको सबैभन्दा पवित्र दिन हो । यस दिनमा भगवान् आफ्ना विश्वासीहरूको नजिक आउने र तिनीहरूको पापहरू क्षमा गर्ने विश्वास गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
अग्निपरीक्षाको घडीमा माधव नेपाल, दोहोरिएला १८ वर्षअघिको नैतिक मानक ?