हार्वर्ड विश्वविद्यालयमा ट्रम्पले रोके विदेशी विद्यार्थीहरूको भिसामा

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूको प्रवेश ६ महिनाका लागि निलम्बन गरेका छन्।
- ट्रम्पले राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै यस्तो निर्णय लिएका हुन्, जसलाई हार्वर्ड विश्वविद्यालयले प्रतिरोधात्मक भनेको छ।
- यो कदम गत हप्ता एक न्यायाधीशले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हार्वर्डमा जान प्रतिबन्ध लगाउने निर्णयलाई रोक लगाएपछि आएको हो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न वा आदानप्रदान कार्यक्रमहरूमा भाग लिन आउने विदेशी विद्यार्थीहरूको प्रवेश हाललाई छ महिनाको लागि निलम्बन गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले बुधबार राष्ट्रिय सुरक्षाका कारणहरू उद्धृत गर्दै यो घोषणा गरेका हुन् । संस्थानमा विदेशी विद्यार्र्थीहरूलाई प्रवेश जारी राख्नु अमेरिकी हितको लागि हानिकारक हुने उनले बताए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, हार्वर्ड विश्वविद्यालयले ट्रम्पको कदमलाई प्रतिरोधात्मक भनेर वर्णन गरेको छ र यसले आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा जारी राख्ने कुरामा जोड दिएको छ ।
अप्रिलमा हार्वर्डले ह्वाइट हाउसका धेरै मागहरू स्वीकार गर्न अस्वीकार गर्दा यो विवाद सुरु भएको थियो । बुधबारको आदेश गत हप्ता एक न्यायाधीशले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हार्वर्डमा जान प्रतिबन्ध लगाउने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई रोक लगाएपछि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो
-
बाजुरा आगलागी अपडेट : ३१ पसल पूर्ण रूपमा जले, प्रभावित भएकाहरू खुला आकाशमुनि
-
चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ देखि प्रदर्शन हुने
-
झापामा करेन्ट लागेर आठ जना घाइते
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित