अख्तियारको एक्सन
अख्तियारद्वारा माधव नेपालसँग १८ करोड ५८ लाख रुपैयाँ बिगो माग दाबी
बिहीबार, २२ जेठ २०८२, १३ : ४९

समाचार सारांश
- अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
- पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गरी हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको आरोपमा मुद्दा दायर भएको हो।
- २०६६ सालमा रामदेवको कम्पनीले खरिद गरेको जग्गा गैरकानुनी रूपमा हाउजिङलाई बेचेको आरोप लागेको छ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । नेपालसहित तत्कालीन मुख्यसचिव माधव घिमिरे, सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेतसहित ९३ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो ।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो
-
बाजुरा आगलागी अपडेट : ३१ पसल पूर्ण रूपमा जले, प्रभावित भएकाहरू खुला आकाशमुनि
-
चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ देखि प्रदर्शन हुने
-
झापामा करेन्ट लागेर आठ जना घाइते