न्युजिल्यान्ड क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा रब वाल्टर

समाचार सारांश
- दक्षिण अफ्रिकाका रब वाल्टर न्युजिल्यान्डको पुरुष क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्, बोर्डसँग तीन वर्षको सम्झौता भएको छ।
- वाल्टर यसअघि दक्षिण अफ्रिकी टोलीका प्रशिक्षक थिए र उनको नेतृत्वमा दक्षिण अफ्रिकाले विश्वकप र च्याम्पियन्स ट्रफीमा राम्रो प्रदर्शन गरेको थियो।
- उनले न्युजिल्यान्डलाई २०२७ को एकदिवसीय विश्वकप, २०२६ र २०२८ को टी-२० विश्वकप र २०२८ को लस एन्जलस ओलम्पिकमा प्रशिक्षण दिनेछन्।
काठमाडौँ । दक्षिण अफ्रिकाका रब वाल्टर न्युजिल्यान्डको पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । वाल्टरसँग न्युजिल्यान्ड क्रिकेट बोर्डले तीन वर्षका लागि सम्झौता गरेको हो ।
४९ वर्षीय वाल्टर सिमित ओभरको क्रिकेटका प्रभावशाली प्रशिक्षक हुन् । उनी यसअघि दक्षिण अफ्रिकी टोलीका प्रमुख प्रशिक्षक थिए । उनले सन् २०२३ देखि सन् २०२५ को अप्रिलसम्म दक्षिण अफ्रिकाको एकदिवसीय र टी–२० टोली सम्हालेका थिए ।
वाल्टरकै प्रशिक्षकत्वमा दक्षिण अफ्रिकी टोलीले सन् २०२३ मा भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । उनकै प्रशिक्षकत्वमा दक्षिण अफ्रिकका सन् २०२५ मा पाकिस्तानमा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पनि पुगेको थियो ।
च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली न्युजिल्यान्डसँग ५० रनले पराजित भएको थियो । प्रशिक्षक वाल्टरले दक्षिण अफ्रिकालाई सन् २०२४ मा सम्पन्न आईसीसी टी–२० विश्वकपको फाइनलमा पनि पु¥याएका थिए ।
टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो । तात्कालिन इन्डियन्स प्रिमियर लिग (आईपीएल) क्लब पूणे वारियर्स र दिल्ली डेभयरडेभिल्सको प्रशिक्षण टोलीमा रहेर पनि उनले काम गरेका थिए ।
वाल्टर न्युजिल्यान्डको क्रिकेटसँग राम्ररी परिचित छन् । यसअघि उनले न्युजिल्यान्ड ‘ए’ टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । आफ्नो नयाँ कार्यकालमा उनले न्युजिल्यान्डलाई विभिन्न ठुला प्रतियोगितामा सफलता दिलाउन भूमिका निर्वाह गर्नेछन् ।
यस अवधिमा उनले सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकपमा टोलीको नेतृत्व गर्नेछन् । न्युजिल्यान्डले सन् २०२६ र सन् २०२८ को आईसीसी टी–२० विश्वकप खेल्दा पनि उनी नै प्रशिक्षक हुनेछन् । सन् २०२८ को लस एन्जल्स ओलम्पिकमा पनि उनकै प्रशिक्षकत्वमा किविज टोली मैदानमा ओर्लने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारले ल्यायो ६७ अर्ब ७४ करोड रुपैयाँको बजेट
-
अझै आएन कर्णालीको बजेट : सांसद्देखि कर्मचारीहरू बाहिर कुरेको कुर्यै, नेताहरू छलफलमै व्यस्त
-
मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
१० बजे, १० समाचार : प्रदेशले ल्याए बजेट, विपक्षीको विरोधकै बिच प्रतिनिधिसभा बैठक
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता