महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने
सारांश
- सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टले उच्च अदालत पाटनमा दायर गरेको रिट हेर्न नमिल्ने भएको छ।
- विष्टले धरौटी खारेज गर्न र रेशम चौधरीको निवेदन बदर गर्न माग गरेका थिए।
- विष्टले रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेपछि पक्राउ परेका थिए, जसका कारण चौधरी ५ घण्टा जेल परेका थिए।
काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टले उच्च अदालत पाटनमा दायर गरेको रिट हेर्न नमिल्ने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासमा विष्टको निवेदनमाथि पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।
विष्टले बिहीबार जिल्ला अदालत काठमाडौँले माग गरेको एक लाख धरौटी खारेज गर्न तथा आफूलाई थुनामा पठाउन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दिएको निवेदन पनि बदर गर्न मागसहित उच्चमा निवेदन दिएका थिए ।
नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि विष्ट पक्राउ परेका थिए । उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो ।
विष्टले गत वैशाख १७ गते नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेका थिए । उक्त अनधिकृत पत्रका कारण चौधरी ५ घण्टा कारागारमा बस्नुपरेको थियो । पछि सर्वोच्चले पत्र सच्याएर पठाएपछि चौधरी छुटेका थिए ।
सोही दिन प्रहरीले विष्टलाई पक्राउ गरी लिखत किर्ते कसुरमा अनुसन्धान सुरु गरेको थियो । जिल्लाले धरौटीमा छाडेपछि नाउपाका संरक्षक चौधरीले विष्टलाई थुनामा पठाउन माग गर्दै गत जेठ १९ गते उच्चमा निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण