भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
शुक्रबार, २३ जेठ २०८२, १६ : १९
सारांश
- भारतमा कोभिड-१९ का सक्रिय बिरामीको संख्या ५ हजार नाघ्यो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५,३६४ सक्रिय बिरामी छन्।
- सबैभन्दा धेरै बिरामी केरलामा छन्, जसमा १,६७९ सक्रिय केसहरू छन्। गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा पनि संक्रमण बढेको छ।
- यस वर्ष कोरोना संक्रमणबाट भारतमा ५५ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार तथ्याङ्क सार्वजनिक गरेको हो।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन् । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन् ।
यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन् । केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन् ।
केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ । यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन् । मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण