शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे

शुक्रबार, २३ जेठ २०८२, १६ : १९
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • भारतमा कोभिड-१९ का सक्रिय बिरामीको संख्या ५ हजार नाघ्यो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५,३६४ सक्रिय बिरामी छन्।
  • सबैभन्दा धेरै बिरामी केरलामा छन्, जसमा १,६७९ सक्रिय केसहरू छन्। गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा पनि संक्रमण बढेको छ।
  • यस वर्ष कोरोना संक्रमणबाट भारतमा ५५ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार तथ्याङ्क सार्वजनिक गरेको हो।

नयाँ दिल्ली । भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन् । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन् । 

यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन् । केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन् । 

केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ । यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन् । मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप