सर्वोच्चले नियुक्तिमाथि निर्णय सुनाउने भएपछि अख्तियारको सक्रियता, जेठमा सबैभन्दा बढी मुद्दा दर्ता

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा जेठ २८ गते बुधबार निर्णय (फैसला) सुनाउँदै छ । सर्वोच्चले नियुक्तिलाई गैरकानुनी देखाएमा नियुक्ति बदर हुनेछ । पद नै धरापमा परेपछि प्रमुख आयुक्त प्रेमकुमार राईले सक्रियता बढाएका छन् ।
सर्वोच्चले जेठ १ गते सुनुवाइ सकिएसँगै मिति तोकेर निर्णय सुनाउने आदेश गरेको थियो ।
अख्तियारले चालु आर्थिक वर्षको ११ महिनामा जारी जेठ महिनामा विशेष अदालतमा सबैभन्दा बढी मुद्दा दायर गरेको छ । यसबिचमा केही हाइप्रोफाइल व्यक्तिमाथि पनि अख्तियारले मुद्दा चलाएको छ । जेठ २२ गते पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोकको साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दी बढी जग्गा खरिद गरी बिक्री गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रेमबहादुर सिंह र डम्बर श्रेष्ठ (दिवंगत), पूर्व मुख्यसचिव माधवप्रसाद घिमिरे (दिवंगत)सहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
जेठ २५ गते नेपाल टेलिकमको बिलिङ प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा प्रबन्ध निर्देशक संगीता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध मुद्दा दर्ता भयो ।
यस्तै जेठ १९ गते सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइयो । यस्तै जेठ ४ गते सर्लाहीको बागमती प्रदेशका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तान तथा मधेस प्रदेशका पूर्वमन्त्री विजय कुमारविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको थियो ।
यसरी केही हाइप्रोफाइलसहित अख्तियारले जेठ महिनामा हाल जेठ २७ गतेसम्म २६ वटा मुद्दा दायर गरेको छ । जुन चालु आवमा सबैभन्दा बढी हो ।
विशेष अदालतको तथ्यांकअनुसार चैतयता मुद्दा दर्ता उल्लेख्य मात्रामा बढेको छ । चैतमा १२ वटा मुद्दा दायर भएकोमा वैशाखमा १९ वटा दर्ता भएका थिए । फागुनमा सबैभन्दा कम २ वटा मात्रै मुद्दा दर्ता भएको विशेषको तथ्याङ्कमा देखिन्छ ।
यसैगरी माघमा १३, पुसमा ११, मङ्सिरमा ७, कात्तिकमा ४, असोजमा ३, भदौमा १६ र साउनमा ९ वटा मुद्दा दर्ता भएको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । पछिल्ला दिनहरूमा मुद्दाको चाप अत्यधिक बढेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा 'रिभोलुसनरी गार्ड्स' को मुख्यालयमा पनि आक्रमण
-
मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न: दुई दर्जन कार्यपत्र प्रस्तुत
-
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन