१५ औँ राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमको छात्र टोलीको विजयी सुरुवात
धनगढी । १५ औँ केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भलिबल छात्र टोलीले शानदार सुरुवात गर्दै आफ्नो पहिलो खेलमा कोसी प्रदेशलाई सिधा सेटमा पराजित गरेको छ।
बुधबार सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमले कोसीलाई २–० को सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। खेलको पहिलो सेट सुदूरपश्चिमले २५–१४ को स्पष्ट अन्तरले जित्दा, दोस्रो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
सुदूरपश्चिम टोलीका प्रशिक्षक लालबहादुरले यस जितलाई उत्साहजनक सुरुवातको रूपमा लिँदै भने–'खेलाडीहरूमा ऊर्जा र आत्मविश्वास देखिएको छ। यसले आगामी खेलमा थप राम्रो प्रदर्शन गर्ने विश्वास दिलाएको छ।'
यो जितसँगै सुदूरपश्चिम प्रदेशको छात्र टोलीले प्रतियोगितामा अगाडि बढ्ने सम्भावनालाई बलियो बनाएको छ। प्रतियोगिता अझै केही दिनसम्म सञ्चालन हुने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण