भारतमा भएको विमान दुर्घटनाको नेपालद्वारा दु:ख व्यक्त
काठमाडौँ । भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना भएको छ ।
बिहीबार भएको उक्त दुर्घटनाको नेपालले दु:ख व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड',परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ट्वीटरमार्फत दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले ट्वीटरमा लेख्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्,'भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दछु ।'
यस्तै परराष्ट्रमन्त्री डा.देउवाले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरिन् । उनले ट्वीटरमा लेखेकी छन्,'यस अफ्ठ्यारो समयमा हामी भारतको साथमा छौँ ।'
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमानमा सवार २४२ जनामध्ये यात्रुहरुमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण