शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन : २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा लण्डनभर बिजनेस स्टडीतर्फ दोस्रो स्थान

बिहीबार, २९ जेठ २०८२, १८ : ३४
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । ब्रिटेनको उच्च शिक्षाका क्षेत्रमा विश्वसनीय मानिएको ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भे (NSS) मा बिजनेस स्टडीतर्फ लण्डनकै दोस्रो स्थान प्राप्त गर्दै उल्लेखनीय सफलता हात पारेको छ ।

यो उपलब्धिलाई नेपालस्थित आधिकारिक प्रतिनिधि संस्था ए.आर. एजुकेसनकी डेपुटी डाइरेक्टर संजना पाण्डे अत्यन्त सकारात्मक रूपमा मूल्याङ्कन गर्छिन् ।

उनी भन्छिन्, “यो केवल स्थानको कुरा होइन, अन्तर्राष्ट्रिय विद्यार्थीको समर्पण र संस्थाको गुणस्तरीय सेवाको प्रतिफल हो। ब्लुम्स्बरीले नेपाली विद्यार्थीहरूलाई उच्च सम्मानसहित राम्रो प्रतिक्रिया दिँदै आएको छ, भिसा सफलता दरसमेत सन्तोषजनक छ ।"

केन्द्रीय लण्डनको बेडफर्ड स्क्वायरमा मुख्यालय रहेको ब्लुम्स्बरी इन्स्टिच्युटको स्थापना सन् २००२ मा भएको हो। अत्याधुनिक पूर्वाधार, विद्यार्थीमैत्री सुविधा र व्यवसायिक आवश्यकतालाई सम्बोधन गर्ने शिक्षण पद्धतिले गर्दा यो संस्था लण्डनका उत्कृष्ट कलेजहरूको अग्रपंक्तिमा रहँदै आएको छ ।

पाण्डेका अनुसार, “४० भन्दा बढी मुलुकका विद्यार्थीहरू अध्ययनरत यस कलेजमा नेपाली विद्यार्थीहरूको संख्या उल्लेखनीय छ । कलेजको लोकेशन सेन्ट्रल लण्डनमै छ, शुल्क संरचना किफायती छ, पठनपाठन उत्कृष्ट छ, अनि कुनै समस्या आए तत्काल सम्बोधन गरिन्छ - यी सबैले गर्दा ब्लुम्स्बरी नेपाली विद्यार्थीहरूमा लोकप्रिय बन्न सफल भएको हो ।"

संस्थाले शैक्षिक उत्कृष्टता मात्र होइन, विद्यार्थी कल्याण, पहुँचयोग्य शिक्षा र अन्तर्राष्ट्रिय समावेशीतामा समेत स्पष्ट प्रतिबद्धता देखाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप