अपडेट
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
बिहीबार, २९ जेठ २०८२, १९ : ४३
काठमाडाैँ । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।
यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण