‘आ बाट आमा’मा भित्रिए बलिउडका प्रदीप रावत

काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ फिल्ममा अभिनय गरेका तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत ‘आ बाट आमा’ मा पनि देखिने भएका छन् ।
चन्द्र पन्तको निर्देशन रहने यस फिल्ममा उनी अनुबन्धित भएका हुन् । ‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छाैँ। उहाँ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा हुनुहुने छ । नितान्त नेपाली लोकमा नेपाली स्टायलको भूमिका निवार्ह गर्दै हुनुहुन्छ’ पन्तले भने ।
अभिनेता रावतले ‘ह्रस्व दीर्घ’मा अभिनेत्री निता ढुङ्गानाको बुबाको भूमिका निर्वाह गरेका थिए । जुन क्यारेक्टरलाई दर्शकले मन पनि पराएका थिए । फिल्ममा यसअघि बिपना थापा, पल शाह अनुबन्धित भइसकेका छन् । चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’बाट बिपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् ।
फिल्मको स्क्रिप्ट अभिमन्यु निरवीले तयार पारेका हुन् । फिल्म आगामी फागुन १५ गते प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी