इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
सारांश
- इरानको उत्तर-पश्चिमी अजरबैजान प्रान्तमा इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु भएको छ, जसमा ३० जना सैन्य कर्मचारी र एक रेड क्रिसेन्ट सदस्य थिए।
- आक्रमणमा ५५ जना घाइते भएका छन्। इरानी सरकारी टेलिभिजनले तेहरानमा भएको आक्रमणमा ६० जनाको मृत्यु भएको दाबी गरेको छ, जसमा २० बालबालिका थिए।
- यसअघि, संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधिले इजरायली हमलामा ७८ जनाको मृत्यु र ३२० भन्दा बढी घाइते भएको बताएका थिए।
काठमाडाैँ। इरानको उत्तर–पश्चिमी पूर्व अजरबैजान प्रान्तका गभर्नर बाहराम सर्मास्तले इजरायली आक्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार मृतकमध्ये ३० जना सैन्य कर्मचारी र एकजना रेड क्रेसन्ट सदस्य छन्।
सर्मास्तका अनुसार अहिलेसम्म ५५ जना घाइते भएका छन्।
यस्तै, इरानको सरकारी टेलिभिजनले राजधानी तेहरानमा रहेको एउटा भवनमा इजरायली आक्रमण हुँदा ६० जनाको मृत्यु, जसमध्ये २० जना बालबालिका रहेको दाबी गरेको छ।
तर अहिलेसम्म इरानी सरकारबाट मृतकहरूको औपचारिक कूल संख्या सार्वजनिक गरिएको छैन।
त्यस्तै, रेड क्रेसन्टले उत्तर–पश्चिमी पश्चिम अजरबैजान प्रान्तमा एम्बुलेन्समाथिको आक्रमणमा २ जनाको मृत्यु भएको जनाएको छ।
यसअघि, संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधिले शनिबार एक वक्तव्यमा भनेका थिए कि इजरायली हमलामा ७८ जनाको मृत्यु र ३२० भन्दा बढी घाइते भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण