आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति

आइतबार, ०१ असार २०८२, ०१ : १६
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • इरानका राष्ट्रपति पेसेश्कियानले इजरायलको आक्रमण जारी रहेसम्म आणविक वार्तामा नबस्ने बताए।
  • फ्रान्सका राष्ट्रपति म्याक्रोंले संयमता अपनाउन आग्रह गर्दै वार्तामा फर्कन भनेका थिए।
  • इरानी राष्ट्रपतिले इजरायली आक्रमण नरोकिएसम्म वार्तामा बस्न नसकिने जवाफ दिए।

काठमाडौँ । इरानका राष्ट्रपति मसउद पेसेश्कियानले इजरायलको आक्रमण जारी रहँदासम्म इरान आणविक वार्तामा नबस्ने बताएका छन् । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले शनिबार पेसेश्कियानसँग टेलिफोन संवाद गर्दै स्थिति नियन्त्रणमा राख्न अत्यधिक संयमता अपनाउन आग्रह गरेका थिए। साथै, उनले इरानलाई यथासक्य चाँडो आणविक वार्तामा फर्कन आवश्यक रहेको बताए।

तर, इरानी राष्ट्रपति पेसेश्कियानले म्याक्रोंलाई जवाफ दिँदै भने, “जबसम्म इजरायली आक्रमण जारी रहन्छ, त्यति बेला कुनै पनि वार्ताको सहयोग गर्न सकिँदैन।”

यसअघि नै आइतबारको लागि तय गरिएको अमेरिका–इरान आणविक वार्ता रद्द गरिएको घोषणा भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप