आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
इरान इजरायल तनाव

इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी

शनिबार, ३१ जेठ २०८२, २३ : ५०
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • इरानको तेल मन्त्रालयले इजरायलले बुशेहर प्रान्तका दुई ग्यास क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ।
  • साउथ पार्स ग्यास क्षेत्रको फेज १४ र फज्र जम ग्यास रिफाइनिङ कम्पनीमा ड्रोन हमला भएको बताइएको छ।
  • बीबीसीका अनुसार इजरायलले इरानका ग्यास क्षेत्रहरूमा आक्रमण गरेको यो पहिलो पटक हो।

काठमाडौँ । इरानको तेल मन्त्रालयले इजरायलले देशको दक्षिणी बुशेहर प्रान्तमा रहेका दुई ठुला ग्यास क्षेत्रमाथि आक्रमण गरेको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार साउथ पार्स ग्यास क्षेत्रको फेज १४ मा सानो ड्रोन (युएभी) मानवरहित हवाई वाहन प्रयोग गरेर आक्रमण गरिएको हो। यसैगरी, सोही प्रान्तको फज्र जम ग्यास रिफाइनिङ कम्पनी पनि लक्षित गरिएको छ ।

इजरायलले इरानका ग्यास क्षेत्रहरूमा आक्रमण गरेको यो  पहिलो पटक रहेको बीबीसीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप