शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
इरान इजरायल तनाव

इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु, तीन सय बढी घाइते

शनिबार, ३१ जेठ २०८२, ०३ : १६
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • इजरायलको इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्।
  • इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा आक्रमणको निन्दा गर्दै इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाए।
  • इरानका प्रतिनिधिले अमेरिकालाई इजरायललाई हतियार दिएको आरोप लगाउँदै सुरक्षा परिषद्लाई कारबाहीको माग गरे।

काठमाडौँ। इजरायलले इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा निन्दा गरेका छन्।

इरानका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा जारी सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सम्बोधन गर्दै इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको बताए।

उनले भने, ‘हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ।’इरावानीले अमेरिकालाई पनि दोषी ठहर गर्दै उसले इजरायललाई हतियार र सहयोग दिएको आरोप लगाए। साथै, उनले सुरक्षा परिषद्लाई इजरायलको कारबाहीको निन्दा गर्न र उसलाई जबाफदेही बनाउन आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप