इरान इजरायल तनाव
इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु, तीन सय बढी घाइते
शनिबार, ३१ जेठ २०८२, ०३ : १६
सारांश
- इजरायलको इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्।
- इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा आक्रमणको निन्दा गर्दै इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाए।
- इरानका प्रतिनिधिले अमेरिकालाई इजरायललाई हतियार दिएको आरोप लगाउँदै सुरक्षा परिषद्लाई कारबाहीको माग गरे।
काठमाडौँ। इजरायलले इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा निन्दा गरेका छन्।
इरानका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा जारी सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सम्बोधन गर्दै इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको बताए।
उनले भने, ‘हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ।’इरावानीले अमेरिकालाई पनि दोषी ठहर गर्दै उसले इजरायललाई हतियार र सहयोग दिएको आरोप लगाए। साथै, उनले सुरक्षा परिषद्लाई इजरायलको कारबाहीको निन्दा गर्न र उसलाई जबाफदेही बनाउन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण