इरान इजरायल तनाव
इरानी आक्रमणपछि इजरायलमा हाल ४० जना उपचाररत
दुई जनाको अवस्था गम्भीर
शनिबार, ३१ जेठ २०८२, ०२ : ११
सारांश
- इरानले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलका विभिन्न अस्पतालमा ४० जना घाइते भएका छन्।
- घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ, र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
- बीबीसीका अनुसार तेल अभिभस्थित इचिलोभ अस्पतालमा १८ जना र बेलिन्सन अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
काठमाडौँ। इजरायलमाथि इरानले नेपाली समय अनुसार शनिवार बिहान गरेको आक्रमणपछि देशका विभिन्न अस्पतालमा ४० जनाको भर्ना गरिएको समाचारहरू आएका छन्।विभिन्न अस्पतालमा उपचाररत ४० जना घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार तेल अभिभस्थित इचिलोभ अस्पतालमा १८ जना बिरामी उपचारमा छन् भने पेताह टिक्भास्थित बेलिन्सन अस्पतालमा ७ जनाको उपचार भइरहेको छ, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ।
रामत गानस्थित शेबा अस्पतालमा १५ जना बिरामी भर्ना भएका छन्, जसमध्ये एक गम्भीर घाइते छन्।
घाइतेहरूलाई विभिन्न चोटपटक लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण