इरान इजरायल तनाव
इरानी आक्रमणपछि इजरायलमा हाल ४० जना उपचाररत
दुई जनाको अवस्था गम्भीर
शनिबार, ३१ जेठ २०८२, ०२ : ११

समाचार सारांश
- इरानले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलका विभिन्न अस्पतालमा ४० जना घाइते भएका छन्।
- घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ, र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
- बीबीसीका अनुसार तेल अभिभस्थित इचिलोभ अस्पतालमा १८ जना र बेलिन्सन अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
काठमाडौँ। इजरायलमाथि इरानले नेपाली समय अनुसार शनिवार बिहान गरेको आक्रमणपछि देशका विभिन्न अस्पतालमा ४० जनाको भर्ना गरिएको समाचारहरू आएका छन्।विभिन्न अस्पतालमा उपचाररत ४० जना घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार तेल अभिभस्थित इचिलोभ अस्पतालमा १८ जना बिरामी उपचारमा छन् भने पेताह टिक्भास्थित बेलिन्सन अस्पतालमा ७ जनाको उपचार भइरहेको छ, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ।
रामत गानस्थित शेबा अस्पतालमा १५ जना बिरामी भर्ना भएका छन्, जसमध्ये एक गम्भीर घाइते छन्।
घाइतेहरूलाई विभिन्न चोटपटक लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको मात्रै भए : उपेन्द्र यादव
-
‘किताबकै कारण म डेरा सर्न डराउँछु’
-
आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम, गरिबी घटाउन सफल
-
इन द सिटी अफ सिल्भिया : प्रेमको खोज
-
राजदूत पण्डित भन्छन् : इजरायलमा अहिले स्थिति गम्भीर छ
-
मार्क्रम नायक बन्दा दक्षिण अफ्रिकालाई वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि