इरान इजरायल तनाव
इजरायली पाइलट पक्राउ परेको इरानी दाबी झुटो: इजरायली सेना
शनिबार, ३१ जेठ २०८२, ०२ : ४१

समाचार सारांश
- इरानी सञ्चारमाध्यमहरूले एक इजरायली महिला पाइलट पक्राउ परेको दाबी गरे।
- इरानको तस्नीम समाचार एजेन्सीले इजरायली लडाकु विमान खसालेको र महिला पाइलट पक्राउ गरेको दाबी गर्यो।
- इजरायली सेनाले इरानी समाचारहरूलाई 'आधारहीन र झुटा' भन्दै खण्डन गरेको छ।
काठमाडौँ । इरानी सञ्चारमाध्यमहरूले एक इजरायली महिला पाइलट पक्राउ परेको दाबी गरेपछि इजरायली सेनाले ती समाचारहरू झुटो भएको बताएको छ।
यसअघि, इरानको तस्नीम समाचार एजेन्सीले इजरायलका दुई लडाकु विमानहरू इरानी वायु सुरक्षा प्रणालीले खसालेको दाबी गर्दै तीमध्ये एक महिला पाइलटलाई पक्राउ गरिएको बताएको थियो।
तर इजरायली रक्षा बल (आइडिएफ) का प्रवक्ता अविचाय अद्राईले इरानी सञ्चारमाध्यमहरूले फैलाएको समाचारलाई ‘पूर्ण रूपमा आधारहीन र झुटा’ भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गुटभित्रकालाई पुरस्कृत गर्ने र आफ्नै परिचर्चामा रमाउने दिक्कलाग्दो प्रवृत्ति छ’
-
यस्तो छ माधव नेपाललगायत ९३ जनालाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जलिको जग्गा
-
ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु
-
संसद् सचिवालयको सचिवमा दुराको बढुवा
-
ब्राजिल र कोलम्बियामा एनआरएनए तदर्थ समिति गठन
-
प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको मात्रै भए : उपेन्द्र यादव