इरान इजरायल तनाव
इजरायली पाइलट पक्राउ परेको इरानी दाबी झुटो: इजरायली सेना
शनिबार, ३१ जेठ २०८२, ०२ : ४१
सारांश
- इरानी सञ्चारमाध्यमहरूले एक इजरायली महिला पाइलट पक्राउ परेको दाबी गरे।
- इरानको तस्नीम समाचार एजेन्सीले इजरायली लडाकु विमान खसालेको र महिला पाइलट पक्राउ गरेको दाबी गर्यो।
- इजरायली सेनाले इरानी समाचारहरूलाई 'आधारहीन र झुटा' भन्दै खण्डन गरेको छ।
काठमाडौँ । इरानी सञ्चारमाध्यमहरूले एक इजरायली महिला पाइलट पक्राउ परेको दाबी गरेपछि इजरायली सेनाले ती समाचारहरू झुटो भएको बताएको छ।
यसअघि, इरानको तस्नीम समाचार एजेन्सीले इजरायलका दुई लडाकु विमानहरू इरानी वायु सुरक्षा प्रणालीले खसालेको दाबी गर्दै तीमध्ये एक महिला पाइलटलाई पक्राउ गरिएको बताएको थियो।
तर इजरायली रक्षा बल (आइडिएफ) का प्रवक्ता अविचाय अद्राईले इरानी सञ्चारमाध्यमहरूले फैलाएको समाचारलाई ‘पूर्ण रूपमा आधारहीन र झुटा’ भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण