संसद् सचिवालयको सचिवमा दुराको बढुवा
शनिबार, ३१ जेठ २०८२, १८ : ४२

समाचार सारांश
- संघीय संसद सचिवालयको रिक्त सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ। सभामुखको अध्यक्षतामा बसेको समिति बैठकले निर्णय गरेको हो।
- लोकसेवा आयोगले दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवाका लागि सिफारिस गरेको थियो।
- सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएपछि पद खाली भएको थियो, र दुराले सिंहदरबारमा पदभार ग्रहण गरे।
काठमाडौँ । संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो ।
सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो ।
दुराले शनिबार नै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण
-
भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
-
राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
-
सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि १० दिनभित्र उजुरी दिन सकिने
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै
-
सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै