तेलअभिव र हाइफा मुख्य निशाना: इरान
सारांश
- इरानले इजरायलविरुद्धको अपरेशन 'ट्रु प्रमिस ३' को दोस्रो लहर सुरु गरेको छ, जसमा तेलअभिव र हाइफालाई निशाना बनाइएको छ।
- इरानी टेलिभिजनका अनुसार, दोस्रो लहरमा १०० भन्दा बढी मिसाइल र ड्रोन प्रयोग गरिएको छ।
- बीबीसीका अनुसार, इरानले यो आक्रमणले इजरायली जनताको निद्रा बिगार्ने दाबी गरेको छ।
काठमाडौँ। इरानले इजरायलविरुद्ध को अपरेसन ‘ट्रु प्रमिस ३’ को दोस्रो लहरको निशानामा तेलअभिव र हाइफा रहेको बताएको छ। इरानी राज्य टेलिभिजनका अनुसार इजरायलविरुद्ध दोस्रो लहरको आक्रमण सुरु गरिएको हो।
यो चरणमा १०० भन्दा बढी मिसाइल र ड्रोन प्रयोग गरिएको र तेलअभिव र हाइफा मुख्य निशाना रहेको जनाइएको छ।
“यो आक्रमणले इजरायली जनताको निद्रा बिगार्नेछ,” टेलिभिजनलाई उदृद्ध गर्दै बीबीसीले उल्लेख गरेको छ।
यसअघि इजरायली रक्षा बल (आइडीएफ) ले इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।
यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ। स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण