तेलअभिव र हाइफा मुख्य निशाना: इरान

समाचार सारांश
- इरानले इजरायलविरुद्धको अपरेशन 'ट्रु प्रमिस ३' को दोस्रो लहर सुरु गरेको छ, जसमा तेलअभिव र हाइफालाई निशाना बनाइएको छ।
- इरानी टेलिभिजनका अनुसार, दोस्रो लहरमा १०० भन्दा बढी मिसाइल र ड्रोन प्रयोग गरिएको छ।
- बीबीसीका अनुसार, इरानले यो आक्रमणले इजरायली जनताको निद्रा बिगार्ने दाबी गरेको छ।
काठमाडौँ। इरानले इजरायलविरुद्ध को अपरेसन ‘ट्रु प्रमिस ३’ को दोस्रो लहरको निशानामा तेलअभिव र हाइफा रहेको बताएको छ। इरानी राज्य टेलिभिजनका अनुसार इजरायलविरुद्ध दोस्रो लहरको आक्रमण सुरु गरिएको हो।
यो चरणमा १०० भन्दा बढी मिसाइल र ड्रोन प्रयोग गरिएको र तेलअभिव र हाइफा मुख्य निशाना रहेको जनाइएको छ।
“यो आक्रमणले इजरायली जनताको निद्रा बिगार्नेछ,” टेलिभिजनलाई उदृद्ध गर्दै बीबीसीले उल्लेख गरेको छ।
यसअघि इजरायली रक्षा बल (आइडीएफ) ले इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।
यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ। स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
-
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
-
प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म
-
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग
-
श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?