३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
सारांश
- फरक-फरक मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्, जसमा ३९ लाख ५० हजार रुपैयाँ बिगो रहेको छ।
- बैंकिङ कसुर मुद्दाका प्रतिवादी मुना खातुन श्रेष्ठलाई ललितपुरबाट पक्राउ गरिएको छ, उनी १६ लाख रुपैयाँ बिगोको मुद्दामा फरार थिइन्।
- ठगी मुद्दाका फरार मोहमद अलि र चेक अनादर मुद्दाका अर्जुन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ, उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । ३९ लाख ५० हजार रुपैयाँ बिगो भएका फरक(फरक मुद्दाका तीन फरार प्रतिवादीहरू पक्राउ परेका छन्। १६ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मुना खातुन श्रेष्ठ (४५), काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० भंगाल बसोबास गर्दै आएकी थिइन्। उनलाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
यसैगरी ११ लाख रुपैयाँ बराबरको ठगी मुद्दाका फरार प्रतिवादी मोहमद अलि (३८), भारतीय नागरिक (कोलकत्ता, रोड नं. २) भइ हाल काठमाडौंको बुढानिलकण्ठ–कपनमा बसोबास गर्दै आएका थिए। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी अर्जुन थापा (६५), सर्लाहीको ईश्वरापुर नगरपालिका–९ स्थायी बासिन्दा भइ हाल काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीमा बस्दै आएका थिए। उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
तीनैजनालाई अलग–अलग स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण