सांसद बजगाईंको आरोप : भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन
आइतबार, ०१ असार २०८२, १८ : ०६

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजगाईंले आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रूपमा लिए पनि बजेटमा त्यस्तो नपाएको जिकिर गरेका हुन् ।
उनले भने, ‘अवरोध कायम रहन्छ भन्ने सङ्केत पाएका छौँ । बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्यूको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो ।’