सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल

सोमबार, ०२ असार २०८२, १५ : ०७
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • सांसद प्रेम सुवालले बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनुलाई भ्रष्टाचारको संज्ञा दिए।
  • उनले जनताको कर र ऋणबाट ल्याइएको बजेटमा राजनीतिक दल र नेताहरूको नैतिकता हराएको आरोप लगाए।
  • सुवालले चुनढुंगा निर्यात र बजेटमा समावेश साना योजनाहरूमाथि पनि प्रश्न उठाए।

काठमाडौँ । सांसद प्रेम सुवालले जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘मामाको धन फुपूको श्राद्ध बनाउन खोजिएको हो र । यो बजेटमा राजनीतिक दल र तिनका नेताहरूको नैतिकता हराएको छ,’ उनले भने, ‘जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई  छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार नै हो ।’

साथै नेपाल किसान मजदुर पाटीले संसदमा उठाएका जनताका विषयमा बजेट विनियोजन नभएको र विनियोजन गर्न जरुरी रहेको उनको भनाइ छ । 

उनले सरकारले चुनढंगा निर्यात गर्ने व्यवस्था बजेटमार्फत गरेकोप्रति पनि प्रश्न उठाए । उनले भने, ‘गिटी ढुङ्गा भारतलाई बेच्ने चुरे दोहन गर्ने व्यवस्थाले अन्ततः देश दोहन गर्नेछ । औषधीदेखि टुथपेष्ट बनाउन प्रयोग हुने चुनढंगा भारतलाई बिक्री गर्न ल्याइएको हो र ? बहुदलीय प्रजातन्त्रसँगै सुरु भएको चुरे दोहन अहिले देश दोहनमा पुगेको छ ।’ 

साथै सुवालले सरकारले तीन करोडभन्दा कमका बजेट नराख्ने भने पनि १ हजार बजेट भएका आयोजनासमेत समावेश गरेको आरोप लगाए ।  ‘सरकारले राज्यकोष दोहन गर्नु जनताको अधिकार दोहन गर्नु सरह हो ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप