विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
सारांश
- सांसद प्रेम सुवालले बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनुलाई भ्रष्टाचारको संज्ञा दिए।
- उनले जनताको कर र ऋणबाट ल्याइएको बजेटमा राजनीतिक दल र नेताहरूको नैतिकता हराएको आरोप लगाए।
- सुवालले चुनढुंगा निर्यात र बजेटमा समावेश साना योजनाहरूमाथि पनि प्रश्न उठाए।
काठमाडौँ । सांसद प्रेम सुवालले जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मामाको धन फुपूको श्राद्ध बनाउन खोजिएको हो र । यो बजेटमा राजनीतिक दल र तिनका नेताहरूको नैतिकता हराएको छ,’ उनले भने, ‘जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार नै हो ।’
साथै नेपाल किसान मजदुर पाटीले संसदमा उठाएका जनताका विषयमा बजेट विनियोजन नभएको र विनियोजन गर्न जरुरी रहेको उनको भनाइ छ ।
उनले सरकारले चुनढंगा निर्यात गर्ने व्यवस्था बजेटमार्फत गरेकोप्रति पनि प्रश्न उठाए । उनले भने, ‘गिटी ढुङ्गा भारतलाई बेच्ने चुरे दोहन गर्ने व्यवस्थाले अन्ततः देश दोहन गर्नेछ । औषधीदेखि टुथपेष्ट बनाउन प्रयोग हुने चुनढंगा भारतलाई बिक्री गर्न ल्याइएको हो र ? बहुदलीय प्रजातन्त्रसँगै सुरु भएको चुरे दोहन अहिले देश दोहनमा पुगेको छ ।’
साथै सुवालले सरकारले तीन करोडभन्दा कमका बजेट नराख्ने भने पनि १ हजार बजेट भएका आयोजनासमेत समावेश गरेको आरोप लगाए । ‘सरकारले राज्यकोष दोहन गर्नु जनताको अधिकार दोहन गर्नु सरह हो ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण