के तपाईंलाई थाहा छ, सिम कार्डको एउटा कुना किन काटिन्छ ?
काठमाडौँ । आज जोकोही मानिस स्मार्टफोन प्रयोग गर्छन् । र यसले हाम्रा धेरै काम पनि सजिला बनाएका छन् ।
स्मार्टफोनको सहयोगमा हामी घरमै बसेर विभिन्न महत्त्वपूर्ण सेवाहरू प्राप्त गर्न सकिरहेका छौँ । बैंकिङ, शिक्षा, ई–वाणिज्य सबै अब स्मार्टफोनमा आइसकेका छन् । सिम कार्ड किन्दा वा स्मार्टफोनमा राख्दा तपाईंले यसको एउटा कुना काटिएको देख्नुभएको हुनुपर्छ । तर यसो किन गरिन्छ ? धेरैलाई थाहा नहुन सक्छ ।
सुरु सुरुमा सिम कार्ड काटिएका हुँदैन थिए । सिम कार्ड नकाटी आउँदा मानिसहरूले फोनमा सिम कार्डलाई उल्टो सुल्टो तरिकाले राख्थे । यसले धेरैलाई समस्या पार्थ्यो ।
पछि टेलिकम कम्पनीहरूले यो समस्यालाई ध्यानमा राख्दै एउटा कुनाबाट सिम कार्ड काट्न थाले । एउटा कुनाबाट सिम काटेपछि मानिसहरूले स्मार्टफोनमा सजिलै सिम कार्ड घुसाउन सके ।
स्मार्टफोनको सिम कार्ड ट्रेमा पनि एक छेउबाट काटिएको हुन्छ, जसले गर्दा मानिसहरूले सिम कार्ड घुसाउँदा कुनै समस्याको भोग्नु परेन ।
यसबाहेक पछिल्ला केही वर्षहरूमा सिम कार्डको संरचनामा धेरै परिवर्तनहरू देखिएका छन् । पहिले सिम कार्डको आकार ठुलो हुन्थ्यो । अब सिम कार्डहरू धेरै साना भइसकेका छन् । फोनमा सिम कार्ड घुसाउने ठाउँ अब सानो भएको छ ।
अर्थात् सिम कार्डको काटिएको कुना एउटा ’गाइड’ हो, जसले सिम कार्डलाई फोनमा सही तरिकाले राख्न मद्दत गर्छ ता कि फोनले नेटवर्कसँग सम्पर्क गर्न सकोस् र कुनै पनि क्षति नहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण