बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

मङ्गलबार, ०३ असार २०८२, १६ : १३
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । इजरायल र इरानबिच पाँचौँ दिन पनि द्वन्द्व जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी अमानको भवनलाई पनि निशाना बनाइएको छ । 

इजरायली हवाई आक्रमणमा इरानका शीर्ष सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको बताइएको छ । शादमान इरानको खातम–अल–अन्बिया मुख्यालय अर्थात् सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए । उनले ४ दिन अघि मात्र यो पद सम्हालेका थिए । 

इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो। रशिदको गत शुक्रबार मृत्यु भयो । इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १ हजार ४८१ जना घाइते भएका छन् । साथै, इजरायलमा हालसम्म २४ जना मारिएका छन् भने ६०० भन्दा बढी घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप