इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
काठमाडौँ । इजरायल र इरानबिच पाँचौँ दिन पनि द्वन्द्व जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी अमानको भवनलाई पनि निशाना बनाइएको छ ।
इजरायली हवाई आक्रमणमा इरानका शीर्ष सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको बताइएको छ । शादमान इरानको खातम–अल–अन्बिया मुख्यालय अर्थात् सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए । उनले ४ दिन अघि मात्र यो पद सम्हालेका थिए ।
इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो। रशिदको गत शुक्रबार मृत्यु भयो । इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १ हजार ४८१ जना घाइते भएका छन् । साथै, इजरायलमा हालसम्म २४ जना मारिएका छन् भने ६०० भन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण