चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
सारांश
- ललितपुरको जावलाखेल चिडियाखानामा रेडपाण्डा चोर्ने प्रयास असफल हुँदा दुर्लभ वन्यजन्तुको मृत्यु।
- चोरीको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
- राष्ट्रिय प्रकृति संरक्षण कोषले घटनाको आन्तरिक छानबिन सुरु गरेको छ।
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा चोर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ । जेठ ३१ मा रेडपाण्डाको मृत्यु भएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
वैशाख ३० मा राति दुई जनाले नियन्त्रणमा लिएर रेडपाण्डालाई झोलामा राखेर कम्पाउन्ड बाहिर लैजाने प्रयास गरेका थिए । रेड पाण्डा कराएर चिडियाखानाको कर्मचारीले थाहा पाएपछि चोरीमा संलग्नहरू निगालो घारीमा पाण्डालाई छाडेर भागेका थिए ।
चोरीमा संलग्न धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएका २६ वर्षीय मोहमद तफिकलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । आरोपीहरुविरुद्ध चोरी मुद्दामा अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि चिडियाखानाबाट रेडपाण्डा चोरीको प्रयासबारे आन्तरिक छानबिन गरिरहेको छ । आरोपीहरूले दोस्रो प्रयासमा रेडपाण्डालाई झोलामा राखेर चिडियाखानाको कम्पाउन्ड बाहिर लैजाने प्रयास गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण