कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने

समाचार सारांश
- कृषा चौलागाईंको फिल्म 'जहाजैमा' मा जापानी अभिनेत्री रजेल इचिमियाले काम गर्ने भएकी छन्। निर्माण युनिटले पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ।
- फिल्म नेपाल र जापानबीचको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथामा आधारित हुनेछ। यो यूएनए प्रोडक्सनको ब्यानरमा बन्नेछ।
- फिल्ममा जापानी नायिका पक्का भएपनि नायकबारे खुलाइएको छैन। फिल्म २०२६ भित्र रिलिज हुने बताइएको छ।
काठमाडौँ । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमियाले पनि काम गर्ने भएकी छन् । निर्माण युनिटले इचिमियाको तस्बिर सहितको एक पोस्टर सार्वजनिक गर्दै यसको जानकारी दिएको हो ।
कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्बिर शेयर गरेपनि फिल्ममा उनी रहने चर्चा चलेको थियो । अहिले त्यस विषयमा आधिकारिक रूपमा जानकारी दिइएको छ ।
सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनि उभिएकी रजेलको शालीनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोस्टर हेर्दा यो फिल्म एउटा फिल्म मात्र नभएर नेपाल र जापानबिचको भावनात्मक पुलको रूपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।
पुरुषोत्तम प्रधानले छायाङ्कन गर्ने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्न लागेका हुन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्वलको भनाई छ ।
फिल्ममा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाईंले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरू रहेको बताइन् ।
रजेल जापनमा सक्रिय रूपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली फिल्ममा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ । फिल्म सन् २०२६ भित्र रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु