मस्कको स्टारसिप-३६ रकेट विस्फोट
सारांश
- एलन मस्कको स्टारसिप-३६ रकेट टेक्सासको स्टारबेस परीक्षण स्थलमा विस्फोट भयो, जसले गर्दा ठूलो आगो र धुवाँ निस्कियो।
- विस्फोट रकेटको दोस्रो स्थिर अग्नि परीक्षणको क्रममा भयो, इन्धन ट्याङ्कीमा समस्या आएको थियो।
- स्पेसएक्सले कर्मचारी सुरक्षित रहेको र वरपरका मानिसहरूलाई कुनै हानि नभएको जनाएको छ, साथै परीक्षण स्थल नजिक नजान आग्रह गरेको छ।
टेक्सास । व्यवसायी एलन मस्कको स्टारसिप-३६ रकेट टेक्सासको स्टारबेस परीक्षण स्थलमा अचानक विस्फोट भएको छ। यसको ज्वाला र धुवाँ टाढा टाढासम्म देखिएको थियो। यो विस्फोट बिहीबार नेपाली समय अनुसार बिहान ९:४५ बजे भएको थियो।
स्टारसिपको १० औँ परीक्षण उडान अघि रकेटको दोस्रो स्थिर अग्नि परीक्षण चलिरहेको बेला विस्फोट भएको थियो। यस परीक्षणमा रकेटको प्रक्षेपण अघि सबै कुरा ठिक छ कि छैन भनेर जाँच गर्न इन्जिनलाई जमिनमा राख्दै सुरु गरिन्छ ।
परीक्षण सुरु हुनुभन्दा ठिक अगाडि, रकेटको माथिल्लो भागमा अचानक विस्फोट भयो, जहाँ इन्धन ट्याङ्कीहरू हुन्छन्। केही समयमै सम्पूर्ण रकेट आगोको गोलामा परिणत भयो। वरपरका क्षेत्रहरूमा बस्ने मानिसहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि उनीहरूको घरका झ्यालहरू चर्किएको थियो ।
यो विस्फोटको भिडियो पनि सार्वजनिक भएको छ। रकेटको माथिल्लो भागबाट अचानक आगो निस्केको देख्न सकिन्छ । त्यसपछि सम्पूर्ण रकेट नै ठुलो आवाजमा विस्फोट हुन्छ।
यस दुर्घटनापछि स्पेसएक्सले एक विज्ञप्ति जारी गर्दै परीक्षण स्थल वरिपरि पहिले नै पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताएको छ। सबै कर्मचारीहरू सुरक्षित छन् र वरपरका क्षेत्रहरूमा बस्ने मानिसहरूलाई कुनै हानि भएको छैन। त्यहाँ आगो निभाउने र सफाइ गर्ने काम अझै जारी रहेकाले कम्पनीले मानिसहरूलाई परीक्षण स्थल नजिक नजान अपिल गरेको छ।
क्यामरून काउन्टी सेरिफको कार्यालय र स्थानीय प्रहरीले पनि कोही पनि घाइते नभएको पुष्टि गरेको छ। अग्नि नियन्त्रण विभागका टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने प्रयास गर्न थालेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण