सुदूरपश्चिमका कुन–कुन ठाउँमा वर्षा भइरहेको छ ?
सारांश
- सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ, मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन यस्तै रहने अनुमान छ।
- कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, अछाम र कैलाली लगायतका क्षेत्रमा वर्षा भइरहेको छ।
- बर्दियामा भारी वर्षाका कारण दाजुभाइका दुई हल राँगा र गोरु डुबेर मरेका छन्, स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रहने अनुमान गरिएको छ।
कञ्चनपुरको बेलौरी, पर्सिया, कृष्णपुर, दोधारा चाँदनी, भम्का र ज्यामिरखाली आसपासका क्षेत्रमा अहिले पानी परिरहेको छ। डडेल्धुराको चौरबण्डाली, गाइबाँदे र साहुखर्क क्षेत्रमा पनि वर्षा भइरहेको छ।
डोटीको गैरा, दिपायल र झिंग्रनातिर पानी परिरहेको जनाइएको छ। बैतडीको सिद्धपुर आसपास, बझाङको थलाला क्षेत्र र अन्य केही स्थानमा पनि वर्षा भइरहेको छ।
अछामको जिल्ला सदरमुकाम मंगलसेन वरपर र अधिकांश ठाउँमा पानी परिरहेको छ। बाजुराका पनि केही स्थानमा वर्षा भइरहेको छ। कैलाली जिल्लाको अधिकांश क्षेत्रमा सिमसिम पानी परिरहेको छ।
मौसमविद्का अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण सुदूरपश्चिममा पानी परिरहेको हो। आगामी केही दिनसम्म हल्का देखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ। मौसमविद्हरूले नदी किनार र पहाडी क्षेत्र नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
उता लुम्बिनी प्रदेशको कैलाली जिल्लासंग सिमाना जोडिएको बर्दिया जिल्ला उच्च वर्षाका कारण बारबर्दिया ७ मा दाजुभाइको दुई हल राँगा र गोरु डुबेर मरेका छन्। पानी परिरहेकोले पशुचौपायलाई अग्लो ठाउँमा सार्ने व्यवस्था भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण