इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
सारांश
- पश्चिम एसियामा इजरायल र इरानबीचको सैन्य झडप बढ्दै जाँदा तनाव चर्किएको छ। इरानले इजरायलको अस्पतालमा मिसाइल आक्रमण गरेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने निर्णय लिने भएका छन्, ह्वाइट हाउसले जानकारी दिएको छ।
- इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरान अमेरिकी अधिकारीहरूसँगको परमाणु वार्ताबाट बाहिरिएको छ।
वासिङ्टन डीसी । पश्चिम एसियाको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ । इजरायल र इरानबिच सैन्य झडप निरन्तर बढ्दै जाँदा तनाव चर्किएको छ । बिहीबार इरानले दक्षिणी इजरायलको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेपनि स्थिति झनै बिग्रिएको छ । अब अयातोल्लाह खामेनी बाँच्दैनन् भनेर इजरायलले इरानलाई खुलेआम धम्की दिएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने किन गर्ने भनेर निर्णय लिने बताएका छन् । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यस सम्बन्धमा जानकारी दिएकी हुन् ।
‘इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने निर्णय ट्रम्पले अर्को दुई हप्ता भित्र गर्नेछन् ।’ ह्वाइट हाउसले बिहीबार भनेको थियो । निकट भविष्यमा वार्ता हुने नहुने दुबैको प्रशस्त सम्भावना ट्रम्पले देखेका छन् ।
कयौँ दिनदेखि ट्रम्पले अमेरिकी सेनालाई इरानी परमाणु केन्द्रहरूमा आक्रमणको आदेश दिने सम्भावनाबारे सोचविचार गरेका थिए । यस क्रममा वार्ताको लागि धेरै ढिलो भइनसकेकोमा पनि उनले जोड दिएका थिए ।
इजरायलले इरानमाथि आक्रमण शुरुगरेपछि गएको शुक्रबार इरान अमेरिकी अधिकारीहरूसँगको परमाणु वार्ताबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण